उतारचढावपछि सेयर बजार बढेर बन्द, नेप्से २९३६ मा

147 Shares

काठमाडौं । सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्ततः बढेर बन्द भएको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५.०१ अंकले बढ्दै २९३६ अंकमा पुगेको हो।

दिउँसो २:३४ बजे २९११ अंकसम्म झरेको बजार अन्तिम समयमा सुधारिँदै उकालो लागेको देखिएको छ। यद्यपि, कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित रह्यो।

आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको घट्यो भने ८ कम्पनीको स्थिर रह्यो। समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह १.५३ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। साथै फाइनान्स, हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स र अन्य समूहमा पनि सामान्य वृद्धि देखिएको छ।

त्यस्तै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ।

आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावरहोटल फरेस्ट इन रहेका छन्।

त्यसैगरी फस्र्ट माइक्रोफाइनान्स, आशा लघुवित्तमेरो माइक्रोफाइनान्सको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।

सबैभन्दा धेरै गिरावट सिन्धु विकास बैंकको देखिएको छ। कारोबारका आधारमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चरङादी ग्रुप अग्रस्थानमा रहेका छन्।