नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी विनिमयदर सार्वजनिक

138 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा तोकिएको छ भने यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । त्यसैगरी स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ०१ पैसा र बिक्रीदर १९० रुपैयाँ ७७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तथा चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७३ पैसा र बिक्रीदर २१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी साउदी रियाल, कतारी रियाल, यूएई दिराम, मलेसियन रिङ्गेट, थाई भाट लगायत अन्य मुद्राको विनिमयदर पनि सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा परिवर्तन गर्न सकिने स्पष्ट पारेको छ । साथै, वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने जनाइएको छ ।