एजेन्सी । कराँची मा वर्षासँग सम्बन्धित घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
स्थानीय अधिकारीहरू र Rescue 1122 का अनुसार भारी वर्षापछि शहरका विभिन्न क्षेत्रमा दुर्घटनाहरू भएका हुन्, जसले शहरी पूर्वाधारको कमजोरी उजागर गरेको छ।
सिन्ध प्रान्तको राजधानी कराँचीको बलदिया टाउन क्षेत्रमा पर्खाल भत्किँदा ११ जनाको ज्यान गएको छ भने अन्य स्थानहरूमा थप ६ जनाको मृत्यु भएको जनाइएको छ।
कायद आबाद क्षेत्रमा घरको छाना भत्किँदा एक दम्पतीले ज्यान गुमाएका छन्।
कराँचीका मेयर मुर्तजा वहाब ले शहरमा तीव्र हावाहुरीसहित भारी वर्षा भइरहेको जानकारी दिँदै बासिन्दालाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन्।
यसैबीच, नासिर हुसेन शाह ले आँधीबेहरीसहितको वर्षापछि कराँचीसहित प्रान्तभर उच्च सतर्कता (हाई अलर्ट) घोषणा गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया