काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बुधबार दुई हजार दुई सय रुपैयाँले घटेको सुन बिहीबार थप पाँच हजार चार सय रुपैयाँले घटेको हो ।
यससँगै दुई दिनमा सुनको मूल्य प्रतितोला सात हजार ६ सय रुपैयाँले घटेको छ । बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुन प्रतितोला तीन लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला पाँच हजार एक सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४० रुपैयाँले कम हो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस चार हजार आठ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया