काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी ले जापान प्रिमियर लिग खेल्ने भएका छन्।
जापान क्रिकेट संघ ले सामाजिक सञ्जालमार्फत करण केसी उक्त लिगमा सहभागी हुने जानकारी दिएको हो। तर, उनी कुन टोलीबाट खेल्ने भन्ने विषयमा भने अझै खुलाइएको छैन।
जापान प्रिमियर लिग त्यहाँको घरेलु टी–२० क्रिकेटतर्फ सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा लिइन्छ। हालसम्म यस लिगका चार संस्करण सम्पन्न भइसकेका छन्, जसमा साउथ कान्टो टोली साविक विजेता रहेको छ।
करण केसीले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले घरेलु टी–२० क्रिकेटमा हालसम्म १११ विकेट लिएका छन् भने अन्तर्राष्ट्रिय टी–२० मा १०६ विकेट लिइसकेका छन्।
यसअघि उनले काठमाण्डू गोर्खाज बाट गत मंसिरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा खेल्दै १३ विकेट लिएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया