काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा बहस नसकिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको हो।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आगामी बिहीबार आफ्नो जवाफी बहस सकिएपछि आदेश आउन सक्ने दाबी गर्नुभएको छ।
गत पुस ३० गते सविता भण्डारीले रास्वपा सभापति लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीनमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई स्वीकृति दिनुभएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया