काठमाडाैं । पूर्वराष्ट्रपति रामवरण यादवले हालैको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेश खेर जान दिन नहुने बताउनुभएको छ।
मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
पूर्वराष्ट्रपति यादवले रास्वपाले पाएको करिब दुईतिहाइ मतको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो। यसअघिका विभिन्न निर्वाचनमा कुनै एक दलले प्राप्त गरेको दुईतिहाइ जनादेशको प्रभावकारी उपयोग हुन नसकेको स्मरण गर्दै यसपटक त्यस्तो कमजोरी दोहोरिन नहुने उहाँको भनाइ थियो।
उहाँले राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सबै पक्षले वर्तमान परिवर्तनलाई आत्मसात गर्दै जनादेशलाई स्वीकार गर्नुपर्नेमा पनि जोड दिनुभयो।
फेसबुकबाट तपाईको प्रतिक्रिया