नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने निर्णय गरे

126 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन्।

मंगलबार पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद गुरुङले आफ्नै गाडी चढ्ने र तलब नखाने निर्णय स्पष्ट पार्नुभयो।

उहाँले पत्रकारहरूको प्रश्नको उत्तरमा भन्नुभयो, “म तलब खान्नँ। किन तलब खानु र? नखाने, किन तलब खानु जरूरी छ र? सक्षम छौँ।”

सुधन गुरुङ गोरखा-१बाट निर्वाचित भएका नयाँ सांसद हुन्।