काठमाडौं । नेपाल स्टक बजार परिसूचक (नेप्से) आज दोहोरो अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ।
१३ वटा उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूह घटेका छन्। जलविद्युत उपसमूह सर्वाधिक १.५९ प्रतिशतले बढेको छ भने बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ। घटेका उपसमूहहरूको गिरावट दर भने सामान्य नै रहेको छ।
आज १३२ वटा स्टकको मूल्य बढ्दा ११३ वटा स्टकको मूल्य घटेको छ। केही दिनअघि मात्रै आईपीओ सूचीकृत भएका रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
मूल्य घटेका स्टकहरूको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।
आज दिनभर ३४० वटा स्टकको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ। कारोबार रकमका आधारमा रिडी पावरको सर्वाधिक ५६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया