146
Shares
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने आकर्षक योजना ल्याएको छ।
बैंकका अनुसार २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत १ करोड रुपैयाँसम्मका कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र तोकिएको शर्तअनुसार ब्याज छुट सुविधा लिएर कर्जा चुक्ता गर्न सक्नेछन्।
त्यस्तै, २०८० वैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय वर्गमा रहेका ग्राहकहरूले २०८२ चैत मसान्तभित्र सावाँ–ब्याज बुझाएर कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकले सम्बन्धित शाखामा सम्पर्क गरी यस सुविधाको लाभ लिन ग्राहकहरूलाई आग्रह गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया