एजेन्सी । पाकिस्तानको सेनाले काबुलमा हवाई आक्रमण गर्दा करिब ४ सय जनाको मृत्यु भएको दाबी गरिएको छ।
स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै CNNले जनाएअनुसार उक्त आक्रमणमा २ सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
अफगानिस्तानले लागूऔषध प्रयोगकर्ता रहेको अस्पताललाई लक्षित गरी पाकिस्तानले आक्रमण गरेको आरोप लगाएको छ। यो घटनाले गत महिनाको अन्त्यदेखि सुरु भएको दुई देशबीचको तनाव थप चर्किएको संकेत गरेको बताइएको छ।
सीमापार झडपका साथै अफगानिस्तानभित्र हवाई आक्रमणका घटना पछिल्लो समय बढ्दै गएका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार पाकिस्तानी एयरफोर्सका लडाकु विमानहरूले काबुलसहित अन्य क्षेत्रहरूलाई निशाना बनाएका थिए।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलस्थित अस्पतालमा बम खसालिएको दाबी गर्दै उक्त आक्रमणलाई मानवताविरुद्धको अपराध बताएका छन्।
तर शहबाज शरीफका प्रवक्ता मोशर्रफ जैदीले भने तालिबानको आरोप अस्वीकार गर्दै काबुलमा कुनै अस्पताललाई निशाना नबनाइएको जिकिर गरेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया