पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएकाे घोषणा

170 Shares

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। यस निर्णयसँगै ३८ वर्षीय अहमदको करिब २० वर्षको क्रिकेट करियर समाप्त भएको छ।

अहमदको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफी र सन् २००६ मा यू–१९ विश्वकप जितेको थियो। अहमद इमरान खानपछि पाकिस्तानका लागि ५० ओभरको आईसीसी उपाधि जित्ने पहिलो कप्तान पनि बनेका थिए। खानको कप्तानीमा पाकिस्तानले सन् १९९२ मा एकदिवसीय क्रिकेट विश्वकप जितेको थियो।

अहमदले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ५४ टेस्ट, १ सय १७ एकदिवसीय र ६१ टी–२० खेल खेलेका छन्। उनले टेस्टमा ४ शतकसहित ३ हजार ३१ रन, एकदिवसीयमा २ शतकसहित २ हजार ३१५ रन र टी–२० अन्तर्राष्ट्रियमा ३ अर्धशतकसहित ८ सय १८ रन बनाएका छन्।

त्यसैगरी अहमदले १३ टेस्ट, ५० एकदिवसीय र ३७ टी–२० अन्तर्राष्ट्रिय गरी जम्मा १ सय खेलमा पाकिस्तानको कप्तानी गरेका छन्।