नेकपाको समानुपातिक सूचीमा माधव नेपाल पक्षका दुई जना

150 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोग लाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन्।

नेपाल पक्षबाट प्रमेश हमालगणेश विश्वकर्मा को नाम सूचीमा परेको हो। हमाल यसअघि नेकपा (एकीकृत समाजवादी) मा वरिष्ठ नेतामध्ये गनिन्थे भने विश्वकर्मा सुदूरपश्चिम प्रदेश को नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।

यससँगै नेकपाको कुल सांसद संख्यामा नेपाल पक्षको हिस्सा तीन पुगेको छ। नेपाल पक्षका धनबहादुर बूढा डोल्पा बाट प्रत्यक्ष निर्वाचित भएका छन्।

तर स्वयं माधवकुमार नेपाल भने निर्वाचित हुन सकेनन्। रौतहट–१ मा उनी चौथो स्थानमा सीमित भएका थिए।

नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। तीमध्ये ५ पुरुष र ४ महिला उम्मेदवारको नाम आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिएका छन्।

समानुपातिक सूचीमा बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मानिराशा चौधरी डगौरा रहेका छन्।

नेकपाले प्रत्यक्षतर्फ भने ८ सिट जितेको छ।