एन्फा राष्ट्रिय लिगमा आज तीन खेल हुँदै

139 Shares

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबलमा आइतबार तीन वटा खेल हुँदैछन्।

एन्फा कम्प्लेक्स मा हुने पहिलो खेलमा जावलाखेल युथ क्लबकाँक्रेबिहार क्लब बीच प्रतिस्पर्धा हुनेछ। सोही मैदानमा हुने दोस्रो खेलमा चित्लाङ एफसी ले एपिएफ क्लब को सामना गर्नेछ।

आइतबार साँझ ६ बजे दशरथ रंगशाला मा हुने खेलमा चर्च ब्वाइज युनाइटेडफ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्।

राष्ट्रिय लिगमा शनिबार भएका दुवै खेल बराबरीमा टुंगिएका छन्। शनिबार सातदोबाटो युवा क्लबनव जनजागृति क्लब तथा न्युरोड टिम (एनआरटी)श्री भगवती क्लब ले एक–एक गोलको बराबरी खेलेका थिए।