काठमाडौं । २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा र समानुपातिक सांसदको नाम टुंगो लगाउन नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक दिउँसो १:०० बजे बस्ने तयारी भएको छ।
बैठकमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्ने विषयमा छलफल हुनेछ।
निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया