131
Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ। शनिबारका लागि तय गरिएको बैठक अब आइतबार बस्ने भएको छ।
पार्टी प्रवक्ता मनिष झाले सूचना जारी गर्दै भनेका छन्, “आज हुने भनिएको सचिवालय बैठक भोलि बिहानका लागि तय गरिएको जानकारी गराइन्छ।”
प्रवक्ता झाका अनुसार सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबार बिहान १० बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने छ।
बैठकको एजेन्डा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिस गर्ने विषयमा केन्द्रित रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया