काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम जारी रहेको छ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया कार्यक्रम सुरु भएको हो।
गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका तर्फबाट कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए।
यससँगै राष्ट्रिय सभामा नेपाली कांग्रेस २५ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया