रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा निर्वाचन खर्च विवरण बुझाए

137 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

लामिछानेले जिल्ला निर्वाचन कार्यालय, चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन्। चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा उनीहरूले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख छ।

यसअघि झापा–५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाइसकेका थिए।