135
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले यो जानकारी दिएका छन्।
उनका अनुसार अब दलहरूले कति मत पाएका छन् त्यसको आधारमा सिट बाँडफाँडको काम अगाडि बढ्नेछ। सिट बाँडफाँड भएपछि सम्बन्धित दलहरूलाई तीन दिन भित्र समानुपातिक बन्दसूचीमा रहेका नामबाट सिफारिस गर्न पत्र लेखिनेछ।
दलहरूले सिफारिस गरेका नाम सही छन् कि छैनन् भन्ने निर्वाचन आयोगले पुनः जाँच गरी प्रमाणित गर्नेछ। त्यसपछि आयोगले नै ११० जना समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया