काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।
निर्वाचन आयोगका पछिल्लो विवरणअनुसार १ करोड ७ लाख ३९ हजार ७ सय १५ मत गणना भइसकेको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३९ हजार २ सय ३५ मत प्राप्त गर्दै फराकिलो अग्रता बनाएको छ।
नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५ सय ८३ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ८ सय ५४ मत हासिल गरेको छ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ लाख ५ हजार ७ सय ७३ मत, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६ सय ४९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४ सय ७२ मत प्राप्त गरेका छन्।
हालसम्म यी ६ वटा राजनीतिक दलले समानुपातिकतर्फको थ्रेसहोल्ड पार गरेका छन्। समानुपातिकमा मत पाउने अन्य ५१ वटा दल रहेको भए पनि उनीहरूले थ्रेसहोल्ड पार गर्ने सम्भावना न्यून देखिएको छ। ती दलहरूले हालसम्म करिब ८ लाख मत प्राप्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया