कांग्रेस संसदीय दलले राष्ट्रिय सभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै

116 Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले बुधबार आफ्ना राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।

कार्यक्रम बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुने एक नेताले जानकारी दिएका छन्।

कार्यक्रममा संसदीय दलका प्रमुख सचेतकसहित पार्टी नेतृत्वले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गर्दै पार्टीको संसदीय रणनीति, राष्ट्रिय सभाको भूमिका तथा आगामी दिनमा गर्नुपर्ने सामूहिक प्रयासबारे छलफल गर्ने बताइएको छ।

त्यसैगरी कार्यक्रममा बहालवाला सदस्यहरूले आफ्ना अनुभव साटासाट गर्ने र नवनिर्वाचित सदस्यहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण तथा राष्ट्रिय महत्वका विषयमा सहयोग गर्ने जनाइएको छ।