77
Shares
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालयले नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकाप्रसाद यादवलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज भएपछि मतगणनाको अन्तिम परिणाम घोषणा विषयमा विवाद भइरहेका बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
उम्मेदवारी खारेजीलाई लिएर विवाद कायम रहे पनि निर्वाचन कार्यालयले प्रक्रिया अनुसार परिणामलाई औपचारिकता दिँदै यादवलाई विजयी प्रमाणपत्र प्रदान गरेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया