आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतलाई

15 Shares

एजेन्सी । भारतले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । न्युजिल्यान्डलाई हराउँदै भारतले उपाधि चुमेको हो ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा ९६ रनले हराउँदै भारतले उपाधि चुमेको हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको थियो ।