165
Shares
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत खोटाङ–१ को अन्तिम नतिजा सार्वजनिक भएको छ। श्रम संस्कृत पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ।
उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई फराकिलो मतान्तरले पछि पार्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देव विक्रम राईले १२ हजार ७ सय १४ मत प्राप्त गर्नुभएको छ, जससँग तुलना गर्दा आरेन राईले ३ हजार ८ सय ९८ मतान्तरले जीत हासिल गर्नुभएको हो।
त्यस्तै नेपाली कांग्रेसका वीर काजी राईले ११ हजार ९ सय ५७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहनुभएको निर्वाचन आयोगले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया