सर्लाही–४ मा पराजित कांग्रेस सभापति गगन थापाले रास्वपाका अमरेशकुमार सिंहलाई बधाई

118 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. अमरेशकुमार सिंहलाई सर्लाही–४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका लागि बधाई दिएका छन्।

सभापति थापाले सामाजिक सञ्जाल Facebook मा लेख्दै भन्नुभयो, “सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेशकुमार सिंहलाई हार्दिक बधाई तथा शुभकामना।”

उहाँले आफूलाई मत दिएका सम्पूर्ण मतदाताप्रति कृतज्ञता पनि व्यक्त गर्नुभयो। थापाले लेख्नुभयो, “मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

साथै सभापति थापाले सर्लाही–४ मा देखिएका समस्याहरूको समाधानका लागि आफ्नो पहल निरन्तर जारी रहने पनि बताएका छन्। उहाँका अनुसार, “यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।”