133
Shares
काठमाडौं । कपिलवस्तु–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मोहन आचार्य विजयी हुनुभएको छ।
आचार्यले ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २ सय ८८ मतान्तरले पराजित गर्नुभएको हो। आशिष शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गर्नुभएको छ।
त्यस्तै नेपाली कांग्रेसका अतहर कमालले १४ हजार १ सय ८२ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विश्राम प्रसाद थारुले ७ हजार ९ सय ८१ मत प्राप्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया