सोलुखुम्बुबाट कांग्रेसका प्रकाश सिंह कार्की निर्वाचित

99 Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की निर्वाचित हुनुभएको छ।

मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले १३ हजार १ सय ६६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार असिम राईले ९ हजार ४ सय १४ मत प्राप्त गर्नुभएको छ। कार्कीले राईलाई ३ हजार ७ सय ५२ मतान्तरले पराजित गर्नुभएको हो।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार कल्पना राईले ८ हजार २ सय २८ मत प्राप्त गर्नुभएको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका ऋषिधन राईले ३ हजार ६ सय ४२ मत, श्रम संस्कृत पार्टीका विएस राईले ३ हजार ३ सय ६३ मत प्राप्त गर्नुभएको छ।

अन्य उम्मेदवारहरूमा उज्यालो नेपाल पार्टीका पेम्बा छिरी शेर्पाले २ सय ७८ मत, जनता समाजवादी पार्टी नेपालका लाक्पा शेर्पाले २ सय ३ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र बस्नेतले १ सय ५७ मत तथा आम जनता पार्टीका गुणराज भट्टराईले ४१ मत प्राप्त गर्दै पराजित भएका छन्।