काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल दोलखाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ।
अन्तिम मतपरिणाम अनुसार खरेलले ३२ हजार ३ सय ७६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पार्वत गुरुङले १७ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ।
खरेलले गुरुङलाई १४ हजार ९ सय २७ मतान्तरले पराजित गर्नुभएको हो।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत प्राप्त गर्नुभएको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया