150
Shares
काठमाडाैं । नवलपरासी पूर्व क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा उम्मेदवार मनिष खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
खनालले नेकपा (एमाले) का केन्द्रीय सदस्य तिल बहादुर महत लाई २५ हजार ५ सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।
निर्वाचन परिणामअनुसार खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी महतले १५ हजार ७ सय ५५ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार ओम बहादुर घर्ती मगर ले १४ हजार ७ सय १३ मत प्राप्त गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया