नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा मोदीद्वारा बधाई

117 Shares

काठमाडाैं । नरेन्द्र मोदी ले नेपालमा निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल X (ट्विटर) मार्फत उनले नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई खुशी लागेको बताएका छन्।

मोदीले यसलाई नेपाल को लोकतान्त्रिक यात्रामा गर्विलो क्षण भएको उल्लेख गरेका छन्।

साथै घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिका लागि भारत नेपालका जनता र नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।modi.webp