झापा–५ बाट बालेन्द्र शाह ‘बालेन’ विजयी, केपी शर्मा ओली पराजित

190 Shares

काठमाडाैं । झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य पदमा बालेन्द्र शाह ‘बालेन’ निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई ४९ हजार ६ सय १४ मतले पछि पार्दै विजय हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् भने ओलीले १८ हजार ७ सय ३४ मत मात्रै प्राप्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएसँगै शिवराम गेलाल, झापाका प्रमुख जिल्ला अधिकारीले शाहलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन्