ललितपुर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी, कांग्रेस र एमाले पछि

98 Shares

काठमाडाैं । ललितपुर क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।

कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दै फराकिलो मतान्तरसहित विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ ले ९ हजार ४५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपाका राजकाजी महर्जन ले ६ हजार २२ मत ल्याएका छन्। नेकपा (एमाले) का सन्दन थापा मगर ले ३ हजार २ सय ९७ मत प्राप्त गरेका छन् भने राप्रपा का सबिनकुमार खड्का ले २ हजार ३७ मत ल्याएका छन्।

अर्का साना दलका उम्मेदवारमध्ये श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई ले १ हजार ४७२ मत र उज्यालो नेपाल पार्टीका विजय पन्त ले १ हजार ३२० मत प्राप्त गरेका छन्।