धनुषा–३ मा रास्वपाका मनिष झा निर्वाचित

157 Shares

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–३ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मनिष झा आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिसंग भेट गरेका छन् ।

झा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवार निधिसंग भेट्नका लागि शनिबार उनकै निवासमा पुगेका थिए । उनले आफुभन्दा अग्रज उम्मेदवारसंग सल्लाह सुझावका लागि भेट्न आएको प्रतिक्रिया दिए ।

भेटको क्रममा झाले निधि जनकपुरधामको राजनीतिमा अभिभावकत्व भूमिका निर्वाह गरेको बताउँदै आउने दिनमा पनि उनलाई अभिभावकत्व भूमिका निर्वाह गर्न आग्रह गरे ।यता निधिले समेत झालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

धनुषा ३ मा रास्वपाका उम्मेदवार झा ४३हजार ९८८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी निधिले १६हजार ३३६ मत ल्याए ।