125
Shares
काठमाडाैं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन्।
गौतमले ५९ हजार २ सय ७७ मत प्राप्त गर्दै उच्च मतान्तरसहित जित हासिल गरेकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल ले २० हजार ६ सय १५ मत प्राप्त गरिन्। गौतम र दाहालबीच ३८ हजार ६ सय ६२ मतको मतान्तर रहेको छ।
पराजयपछि रेनु दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत सोविता गौतमलाई बधाई दिँदै चितवनवासीको मन जिते पनि मत जित्न नसकेको उल्लेख गरेकी छन्।
यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानतसमेत जफत भएको जनाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया