काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित हुनुभएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ ले ७ हजार ९१९ मत प्राप्त गर्नुभएको छ। मतगणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी रहेको जनाइएको छ।
पुन आफ्नो जन्मथलो म्याग्दीबाट चुनाव लड्नुभएको थियो। उहाँले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत पहल गर्ने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउने मुद्दा उठाउँदै निर्वाचनमा प्रतिस्पर्धा गर्नुभएको थियो।
त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी ले ६ हजार ८८४ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापा ले ३ हजार ५२९ मत प्राप्त गर्नुभएको छ।
म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया