चितवन–२ बाट रवि लामिछाने तेस्रो पटक विजयी, करिब ४० हजार मतान्तरले जीत

151 Shares

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तेस्रो पटक विजयी हुनुभएको छ।

लामिछानेले ५४ हजार ४ सय २ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल ले १४ हजार ५ सय ६४ मत प्राप्त गर्नुभएको छ। लामिछानेले खरेललाई ३९ हजार ४ सय ६८ मतान्तरले पराजित गर्नुभएको हो।

त्यसैगरी नेकपा (एमाले) का अस्मिन घिमिरे ले ६ हजार ९ सय ९२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ ले ४ हजार ९ सय ६९ मत प्राप्त गरेका छन्।

निर्वाचन परिणामअनुसार यस क्षेत्रमा ८७ हजार २८ मत सदर तथा २ हजार ७ सय ९६ मत बदर भएको थियो।

लामिछाने यसअघि पनि २०७९ र २०८० को उपनिर्वाचनमा यही क्षेत्रबाट विजयी हुनुभएको थियो।