140
Shares
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तेह्रथुमबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ।
उहाँले नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाल लाई ८ सय ८० मतान्तरले पराजित गर्नुभएको हो। सुब्बाले ११ हजार ५ सय ६१ मत प्राप्त गर्दा ढकालले १० हजार ६ सय ८२ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्की ले ७ हजार ७ सय ३७ मत प्राप्त गर्नुभएको छ। श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बु ले ५ हजार २ सय मत प्राप्त गर्नुभएको छ।
नेकपाका रनध्वज लिम्बु ले ९ सय १९ मत प्राप्त गर्नुभएको निर्वाचन परिणाममा उल्लेख गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया