ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले हालसम्म अग्रता कायम गरेकी छन्।
५ वटा वडाको मतगणनाअनुसार थापाले १ हजार ४०५ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी रास्वपा उम्मेदवार विश्वराज पोखरेल ९४५ मतसहित दोस्रो स्थानमा छन्।
नेपाली कांग्रेसका कुमार लुइँटेल ६८३ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अम्बीर गुरुङ ५४३ मतसहित चौथो स्थानमा छन्।
लिखु गाउँपालिकाका बाँकी ४ वडाको मतगणना अझै जारी छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया