आईसीसी टी२० विश्वकप २०२६ : प्लेअर अफ दि टुर्नामेन्ट मनोनयनमा ८ खेलाडी

55 Shares

काठमाडौं : भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भइरहेको आईसीसी टी२० विश्वकप २०२६ को प्लेअर अफ दि टुर्नामेन्ट (POTM) को मनोनयन सूची सार्वजनिक भएको छ। आयोजक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फाइनल खेल अघि उत्कृष्ट खेलाडीको दाबेदार ८ खेलाडीको नाम सार्वजनिक गरेको हो।

मनोनयनमा रहेका खेलाडीहरू यस प्रकार छन्:

  • न्युजिल्याण्डका ओपनर टिम सेफर्ट र अलराउण्डर रचिन रविन्द्रा

  • दक्षिण अफ्रिकाका कप्तान एइडेन मार्क्रम र फास्ट बलर लुंगी एनगिडी

  • भारतका ओपनर सन्जु सामसन

  • इंग्ल्याण्डका अलराउण्डर विल ज्याक्स

  • अमेरिका का फास्ट बलर स्याड्ली भान

  • पाकिस्तानका ओपनर शाहिबजादा फरान

वर्तमान प्रदर्शनका आधारमा इंग्ल्याण्डका अलराउण्डर विल ज्याक्स सबैभन्दा अघि छन्। उनले ८ खेलमा २२६ रन बनाउँदै ९ विकेट लिएका छन् र चार खेलमा प्लेअर अफ दि म्याचको अवार्ड जितेका छन्।

पाकिस्तानका शाहिबजादा फरान ले ७ खेलबाट ३८३ रन बनाउँदै सर्वाधिक रनको कीर्तिमान कायम गरेका छन्।

न्युजिल्याण्डका रचिन रविन्द्रा ले ८ खेलमा १२८ रनसहित ११ विकेट लिएर उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेका छन्।

अमेरिकाका स्याड्ली भान ले ४ खेलमा १३ विकेट लिँदै इकोनोमी ८.८० कायम राखेका छन् भने दक्षिण अफ्रिकाका लुंगी एनगिडी ले ७ खेलमा १२ विकेट लिएका छन्।

भारतका सन्जु सामसन ले ४ खेलमा २३२ रन बनाउँदै उत्कृष्ट स्ट्राइक रेट प्रदर्शन गरेका छन्। उनले क्वाटरफाइनलमा ९७ रन अविजित खेल्दै भारतलाई जिताएका थिए र सेमिफाइनलमा ८९ रन बनाएका थिए।

यो सूची फाइनल खेलअघि प्लेअर अफ दि टुर्नामेन्टको प्रमुख दावेदारको रूपमा हाइलाइट गरिएको छ।