144
Shares
काभ्रे । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रे जिल्लामा दिउँसो २:५५ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको छ।
खसेको मत विवरणअनुसार महिला मतदाताको संख्या ५९ हजार १८५ र पुरुष ७२ हजार ८३६ गरी जम्मा १ लाख ३२ हजार ४८ जनाले मतदान गरेका छन्।
निर्वाचन अधिकारीहरूले जनाएअनुसार जिल्लाभरका मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ र मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया