132
Shares
स्याङ्जा । वालिङ नगरपालिका वडा नम्बर १०, बालज्योति आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा स्थगित भएको मतदान पुनः सुरु भएको छ।
मतदान अधिकृतले हस्ताक्षर नभएको मतपत्र वितरण गरेको भेटिएपछि करिब दुई घण्टासम्म मतदान स्थगित गरिएको थियो। मतदान स्थगनपछि सम्बन्धित दलबीच सहमति बनेपछि मतदान प्रक्रिया फेरि सञ्चालनमा आएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
मतदाता उत्साहका साथ मतदान केन्द्रमा उपस्थित भएका छन् र अब मतदान शान्तिपूर्ण रूपमा जारी रहेको प्रशासनले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया