122
Shares
रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रामेछाप जिल्ला मा जारी मतदानमा दिउँसो १२:३० बजेसम्म ४८ हजार ९९७ मत खसेको छ।
जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागितासहित मतदान भइरहेको छ। स्थानीय प्रशासनका अनुसार हालसम्म जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी रहेको छ।
निर्वाचन अधिकारीहरूले मतदाताको उपस्थिति उल्लेख्य रहेको बताउँदै तोकिएको समयसम्म मतदान प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन हुने जनाएका छन्।
प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर एकसाथ मतदान भइरहेको छ भने मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोग ले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया