काठमाडौँ । रामेछाप जिल्ला कारागार मा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदान सकिएको छ।
बिहान ७ बजे आयोगले निर्धारण गरेको समयमा ३९ जना मतदाताहरू (कैदी) ले मतदान गर्ने व्यवस्था गरिएको थियो। अस्थायी मतदान केन्द्र रामेछाप नगरपालिका–८, रामेछाप बजार नजिकै कारागार मा २ जना कर्मचारी र ३८ जना कैदीले मतदान गरी मत खसालिएको मतदान अधिकृत अरुण तिम्सिना ले जानकारी दिनुभयो।
उहाँका अनुसार, “३९ मध्ये एक जना केही समयअघि छुट्टी भएकाले २ जना कर्मचारीसहित कुल ४० जनाले मतदान सम्पन्न गरेका छन्। मतदान सकिएकाले प्रशासनसँग समन्वय गरेर साँझ ५ बजे सम्म बस्ने वा नबस्ने निर्णय गरिनेछ।”
आज देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि जारी छ। रामेछापमा पनि बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। यहाँ ३ जना स्वतन्त्र उम्मेदवारसहित १४ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन्।







फेसबुकबाट तपाईको प्रतिक्रिया