नेकपा एमाले महासचिव शंकर पोखरेलले मतदानपछि अराजकता र अस्थिरतालाई अस्वीकार गर्ने दावी गरे

122 Shares

काठमाडौँ । नेकपा एमाले का महासचिव एवं दाङ–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेल ले बिहीबार आफ्नो मतदान अधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे दाबी गर्नुभएको छ।

महासचिव पोखरेलले मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित जोखिममा परेको भन्दै यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचनलाई नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण घटना ठान्नु पर्ने बताउँदै राजनीतिक अस्थिरता नै विकास र समृद्धिको मुख्य बाधक रहेको बताउनुभयो।

उहाँले समाजमा देखा परिरहेको ‘पपुलिज्म’ (लोकरिझ्याइँ) र ‘एनार्किजम’ (अराजकता) राजनीतिक स्थायित्वका लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो। यस निर्वाचनबाट सबै समस्याको समाधान नआए पनि यसले सही बाटो समात्ने र भविष्यमा लोकतन्त्र स्थायित्वको आधार प्राप्त गर्ने उहाँको भनाइ छ।

निर्वाचन परिणामका सन्दर्भमा उहाँले विचारधाराको आधारमा उभिएका नेपालका प्रमुख राजनीतिक दलहरू नै मुख्य शक्तिका रूपमा स्थापित हुने उल्लेख गर्नुभयो। नेपाली जनताले मुलुकलाई अराजकता र विध्वंशतर्फ लैजाने गतिविधिलाई अस्वीकार गर्ने अनुभव भइसकेको उहाँले बताउनुभयो।

महासचिव पोखरेलले दक्षिण एशियाली मुलुकहरू श्रीलंकाबङ्गलादेश को पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामको उदाहरण दिँदै नेपाली जनताले पनि विध्वंश र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यी देशका जनताले देखाएको सचेतताभन्दा कम सचेत नेपाली जनता नरहेको स्पष्ट पार्नुभयो।