काठमाडौँ । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदान गर्नुभएको छ।
सभापति थापाले बिहीबार बिहान काठमाडौं–३०, मैतीदेवी मन्दिर मतदान केन्द्र बाट मत खसाल्नुभएको हो। उहाँ यसपटक सर्लाही–४ बाट उम्मेदवार रहनु भएको छ।
बिहीबार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि मतदान भइरहेको छ। देशभर हाल मतदान कार्य जारी रहेको छ।







फेसबुकबाट तपाईको प्रतिक्रिया