नेकपा सहसंयोजक माधवकुमार नेपालले गौरमा मतदान गरे

134 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदान गर्नुभएको छ ।

उहाँले गौर–२, जानकी प्रावि मतदान केन्द्र मा पुगेर मत खसाल्नुभएको हो । माधवकुमार नेपाल यसपटक रौतहट–१ बाट उम्मेदवार हुनुहुन्छ ।

आज देशभर प्रतिनिधि सभाका लागि मतदान भइरहेको छ र बिहानैदेखि मतदाताहरू आफ्नो प्रतिनिधि चयन गर्न लाइनमा बसेका छन् ।