प्रचण्डले चितवनबाट मतदान गरे, रेनु दाहाल उम्मेदवार रहेको क्षेत्रमा मत हाल्न पाएनन्

130 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले चितवनबाट मतदान गर्नुभएको छ ।

क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुर मतदान केन्द्रबाट उहाँले मत खसाल्नुभएको हो । सोही क्षेत्रमा उहाँकी छोरी तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार रहनुभएको छ । तर प्रचण्ड स्वयं यसपटक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकाले उहाँले छोरीलाई मत दिन पाउनुभएन ।

यस्तै, नारायणप्रसाद दाहाल ले पनि प्रचण्डले मतदान गरेकै केन्द्रबाट मत खसाल्नुभएको छ ।