काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखाहरू नियमित सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
भोलि हुने निर्वाचनलाई मध्यनजर गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । यससँगै फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदा पनि परेकाले सो अवधिमा वित्तीय सेवामा असर नपरोस् भनेर आयोगले आवश्यक समन्वय गरेको जनाएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ । साथै नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारसम्बन्धी बैंक खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ ।
मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने भएकाले भोलि एक दिन वित्तीय तथा बैंकिङ सेवा सञ्चालन नहुने आयोगले स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पर्सिदेखि भने वित्तीय संस्थाहरू यथावत् सञ्चालन हुनेछन् ।







फेसबुकबाट तपाईको प्रतिक्रिया