प्रतिनिधिसभा निर्वाचनअघि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

109 Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन् । केहीबेरदेखि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् ।

भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सुरक्षा निकायसहित सम्बन्धित सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।

बैठकमा देशभरको पछिल्लो सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ हुने बताइएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक रणनीतिबारे पनि छलफल केन्द्रित हुने स्रोतले जनाएको छ ।