चार बन्दीबारे सर्वोच्चको कारण देखाउ आदेश

64 Shares

काठमाडौं । सर्वोच्च अदालत ले एकै दिन चार जना बन्दीबारे कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मी को इजलासले चार जना निवेदकको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको हो।

दुर्गा प्रसाईंलाई गैरकानूनी थुनामा राखिएको दाबी गर्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च पुगेका थिए। यस्तै, ईश्वर दाहाललाई गैरकानूनी रूपमा थुनिएको भन्दै रविना सथसंकरले पनि निवेदन दायर गरेकी थिइन्। त्यसैगरी युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीका तर्फबाट समेत गैरकानूनी थुनाविरुद्ध सर्वोच्चमा निवेदन परेको थियो।

ती निवेदनहरूको सुनुवाइपछि सर्वोच्चले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत सम्बन्धित प्रहरी कार्यालयहरूको नाममा थुनाको कारण स्पष्ट पार्न आदेश जारी गरेको हो।